Logo

सभामुखको निर्वाचनको कार्यक्रम सार्वजनिक



हेटौँडा, मकवानपुर, १८ माघ  : प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

सो प्रदेशसभाको प्रथम अधिवेशनको आजको पहिलो बैठकबाट पारित प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ को ६ (१) बमोजिम सचिवालयका सचिव डा रोजनाथ पाण्डेद्वारा जारी सूचनामा यही माघ १० गते बिहान १० देखि १०ः३० बजेसम्म प्रदेशसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत हुने, सोही दिन १ बजे उम्मेदवारहरुको नामवाली क्रमानुसार प्रकाशित गर्ने र ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तावक र समर्थकले प्रस्ताव प्रस्तुत गरी बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ ।

वाम गठबन्धनको सहमतिअनुसार यस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले) बाट हुनेछ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot