Logo

भारतमा आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा कार्यक्रम



नयाँ दिल्ली, १८ माघ (रासस/एएफपी) : भारतमा करिब आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा आयोजनाअन्तर्गत रकम प्रदान गरिने भएको छ ।

भारत सरकारको यस वर्षको बजेटमा यस्तो आयोजना राखिएको खुलासा भारतीय अर्थमन्त्री अरुण जेट्लीले गर्नुभएको छ ।

उहाँले यहाँका गरिब नागरिकलाई लक्ष्य गरेर यस्तो आयोजना ल्याउन लागिएको जानकारी नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रममा दिनुभएको हो ।

सरकारले ल्याउन लागेको सो स्वास्थ्य सेवा कार्यक्रममार्फत करिब पचास करोड गरिब नागरिकलाई हरेक वर्ष ५० हजार भारतीय रुपैयाँ प्रदान गरिने छ ।

सो कार्यक्रमअनुसार ती नागरिकले प्रत्येक वर्ष स्वास्थ्य उपचार शीर्षकमा एक जनाले ५० हजार भारतीय रुपैयाँ प्राप्त गर्नेछन् ।

यो कार्यक्रम भारतमा आगामी आमनिर्वाचनमा मतदाता प्रभावित पार्नका लागि ल्याइएको विश्लेषण गरिएको छ ।

यो बजेट भारतमा हुन लागेको आगामी आमनिर्वाचनअघिको अन्तिम बजेट हो । त्यसैले पनि यसलाई निर्वाचनमा आफ्ना मतदाता प्रभावित पार्ने कार्यक्रमका रुपमा हेरिएको छ ।

यसअघि सो कार्यक्रम अन्तर्गत भारतीय गरिब नागरिकलाई वर्षमा ३० हजार रुैपैयाँ दिने गरिएको थियो । सोही रकमलाई बढाएर यस बजेटदेखि ५० हजार पु¥याइएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot