Logo

टोखा–छहरे सुरुङ मार्ग निर्माण गर्न ध्यानाकर्षण



काठमाडौँ, १८ माघ (रासस) : रसुवा र नुवाकोटका नेताहरुले टोखा–छहरे सुरुङ मार्ग छिटो निर्माणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी चीन–नेपालको सबैभन्दा छोटो मार्ग भएकाले टोखा–छहरे सुरुङ मार्ग चाँडो निर्माण गर्न, व्यवस्थित बसोबास कार्यक्रममा रसुवा र नुवाकोटलाई समावेश गर्न, पासाङल्हामु राजमार्गको दायाँबायाँ १५ मिटर कायम गरिएकाले सरकारले मुआब्जा तथा कित्ताकाट गर्न पहल गर्नुपर्ने माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले चीन–काठमाडौँ जोड्ने छोटो मार्ग हुने र सामान आयात गर्दा राज्यको व्ययभार कम हुने भएकाले बाटो निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभएको रसुवाका सांसद मोहन आचार्यले राससलाई जानकारी दिनुभयो ।

भेटमा काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा, उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल, काँग्रेस नुवाकोटका नेता धुव्र अधिकारीलगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्