Logo

स्वराजसँगको ‘डिनर मिटिङमा’ एमालेबाट को–को सहभागी हुँदैछन् ?



काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच साँझ साँढे भेटवार्ता हुने भएको छ।

अपराह्न काठमाडौं ओर्लिएकी स्वराजसँग एमाले अध्यक्ष ओलीले साँझ साढे ६ बजे सोल्टी होटलमा भेट्दैछन् । अध्यक्ष ओलीले स्वराजको स्वागतमा भेटवार्तापछि सोल्टीमै डिनरको आयोजना गरेका छन्।

डिनरमा एमालेबाट अध्यक्ष ओलीसँगै, नेताहरु क्रमशः वामदेव गौतम, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्बाङ, विष्णु पौडेल, डा. राजन भट्टराई र पूर्व गभर्नर डा. युवराज खतिवडा पनि सहभागी हुनेछन् ।

ओलीसँगको भेटपछि स्वराजले मधेसी केन्द्रीत दलका नेतासँग भेट गर्ने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्