Logo

नेपाल मेडिसिटीको निःशुल्क स्वास्थ्य शिविरबाट यातायात ब्यवसायी लाभान्वित (फोटोफिचर)



चितवन, १८ माघ । चितवनमा हिजो देखि शुरु भएको नेपाल यातायात ब्यवशायी राष्ट्रिय महासंघको ५ औं महाधिवेशनमा नेपाल मेडिसिटी हस्पिटल निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी करिब २ हजार जनाको स्वास्थ्य परीक्षण गरेको छ ।

भोलिसम्म आयोजना हुने कार्यक्रममा महासंघमा आबद्ध हजारौं यातायात ब्यवशायीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका चिकित्सक डा. मेघा कसजु लगायतका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरु चितवनमै रहेर स्वास्थ्य परीक्षणमा संलग्न रहेका छन् ।

७ सय ५० शैयाको नेपाल मेडिसिटी अस्पतालमा सम्पूर्ण पूर्णकालीन चिकित्सकहरुको उपलब्धताको कारणले दूर्घटना लगायतका आकस्मिक सेवामा विभिन्न विभागका चिकित्सकहरुले एकैपटक अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने भएकोले पछिल्ला दिनहरुमा दूर्घटनाका विरामीहरु नेपाल मेडिसिटीमा आउन थालेको अस्पतालका मार्केटिङ्ग एक्जिक्युटिभ संजय त्रिपाठीले बताए ।

नेपाल मेडिसिटी अस्पतालको राम्रा पक्ष भनेको यो सुलभ र सबैले धान्न सक्ने अस्पताल भएकोले अन्तर्राष्ट्रिय स्तरको सेवा सबै नेपालीहरुको पहुंचमा पुर्याउन आफूहरु लागी परिरहेको उनंले बताए ।

नेपालीहरु उपचारका लागि अब विदेश जानु नपर्ने र विदेशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नेपालमै काम गर्ने वातावरणको सिर्जना गरी नेपाल मेडिसिटी अस्पतालले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै नेपालको स्वास्थ्य उपचारलाई परिचित गराउने अभियानका लागेको अस्पतालले जनाएको छ ।

निकट भविष्यमा, काठमाडौ थप ४ वटा र प्रत्येक प्रदेशमा एक एक वटा आफ्नै अस्पतालको बृहत्त योजनासहित नेपाल मेडिसिटी अस्पताल नेपालमा चेन हस्पिटलको अवधारणालाई मूर्तरुप दिने प्रयासमा रहेकोपनि अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्