Logo

स्वारज र प्रचण्डबिच भेटवार्ता सुरु, पार्टी एकता प्रक्रिया र नयाँ सरकार गठनबारे स्वराजको चासो



माघ १९, काठमाण्डौ । नेपाल भ्रमणमा रहेकी भारतकी विदेशमन्त्री सुश्मा स्वराज र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबिच भेटवार्ता सुरु भएको छ ।

प्रचण्ड र स्वराजबिचको भेटमा वाम गठबन्धनको पार्टी एकता प्रक्रिया र आगामी सरकार गठनबारे स्वराजले चासो राख्ने बताइएको छ ।

होटल सोल्टीमा सुरु भएको भेटमा माओवादीका तर्फबाट अरु कोही पनि नेतालाई सहभागि गराइएको छैन । यता स्वारजले भने नेपालका लागि भारतीय राजदुत मन्जित सिंह पुरीलाई सँगै लगेको छिन् ।

प्रचण्डसँगको भेटपछि स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्