माघ २०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमण कुटनैतिक आचारसंहिता विपरित भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
शनिवार विहान टुइट गर्दै श्रेष्ठले नेपाली राजनीतिक दलका नेताहरु कै कारण कुटनैतिक आचारसंहिता उल्लङ्घन भएको आरोप लगाएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले अधिकाँश नेपाली राजनैतिक नेताहरु कुटनैतिक आचारसंहिता उल्लङ्घनमा प्रतिबद्ध देखिएको बताएका छन् ।
निहित राजनीतिक स्वार्थका लागि पुर्खाहरुले स्वतन्त्र बनाएको देशको स्वाभिमान अहिले गिराइएको भन्ब्दै आफूलाई दुःख र ग्लानी भएको श्रेष्ठले लेखेका छन् ।
यस्तो छ उनको टुइट
अधिकाँश नेपाली राजनैतिक नेताहरु कुटनैतिक आचारसंहिता उल्लङ्घनमा“प्रतिबद्ध“ देखिएका छन्।ध्यान नपुगेर होइन।किन त?हिन ग्रन्थी र निहित राजनैतिक स्वार्थ ! दुख र ग्लानिको अनुभुति हुन्छ, ठुला छिमेकीहरु उपनिवेश बन्दा समेत पुर्खाहरुले स्वतन्त्र बनाईराखेको हाम्रो देशको स्वभिमान आज गिराइदैछ ।
अधिकाँश नेपाली राजनैतिक नेताहरु कुटनैतिक आचारसंहिता उल्लङ्घनमा"प्रतिबद्द" देखिएका छन्।ध्यान नपुगेर होइन।किन त?हिन ग्रन्थी र निहित राजनैतिक स्वार्थ?!दुख:र ग्लानिको अनुभुति हुन्छ,ठुला छिमेकीहरु उपनिवेश बन्दा समेत पुर्खाहरुले स्वतन्त्र बनाईराखेको हाम्रो देशको स्वभिमान आज गिराइदैछ।
— NKShresthaPrakash (@nksthaprakash) February 3, 2018
यसअघि पनि श्रेष्ठले स्वराजको नेपाल भ्रमण गलत समयमा भएको भन्दै आलोचना गरेका थिए ।