काठमाडौँ, २१ माघ । पूर्व युवराज्ञी हिमानी शाह हिजो शनिबार ललितपुरको बटुक भैरवस्थित मन्दिरमा पूजा अर्चनाका लागि सहभागी भएकी थिईन् ।
पूर्व युवराज्ञी शाह रैथाने नेवार महिलाले लगाउने (कालोमा रातो बोर्डर भएको) सारी (हाकु पटासी) मा सजिएर मन्दिर पुग्दा उनलाई हेर्नेको घुईँचो नै लागेको थियो । ।
हाम्रा सहकर्मी फोटोपत्रकार मुकुन्द कालिकोटेका अनुसार दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिले आयोजना गरेको पूजामा हिमानीले पूर्ण आहुति दिएकी थिइन्।
Former Princess Himani Shah/ Photo By: Mukunda Kalikote