Logo

मुख्यमन्त्रीको आकांक्षी हुँ, पार्टीको निर्णयको पर्खाइमा छु : शाही



माघ २१, काठमाण्डौ । प्रदेश नम्बर ६ मा सासंद बनेका माओवादीका नेता महेन्द्रबहादुर शाहीले आफू मुख्यमन्त्रीको आकांक्षी भएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शाहीले मुख्यमन्त्री कसलाई बनाउने भन्नेमा आफु पार्टीको निर्णय पर्खेर बसेको बताएका छन् ।

चुनावमा जानुअघि आफूलाई पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेश सासंदको उम्मेदवार बनाएको स्पष्ट पार्दै शाहीले संसदीय दल छान्नका लागि सहमति नभए मतदानमा जाने बताए ।

पार्टीले निर्णय गरेपनि वा मतदानमा जाने भने पनि प्रक्रियाअनुसार नै मुख्यमन्त्रीको उम्मेदवार चयन हुने शाहीको भनाई छ । “पार्टीको निर्णय म आत्मसाथ गर्छु ।

पार्टीले सहमतिमा तोकेर पठायो भने पनि स्विकार गर्छु । संसदीय दलबाट नै निर्वाचित गराउने भने पनि म दलको नेतामा चुनाव लड्छु ।” शाहीले भने ।



प्रतिक्रिया दिनुहोस्