Logo

प्रदेश ६ को बैठक डिभिजन सिचाइँको हलमा सुरु, पत्रकारलाई निषेध



माघ २१, काठमाण्डौ । प्रदेश ६ को प्रदेशसभा पहिलो बैठक सुरु भएको छ । डिभिजन सिचाइँको हलमा प्रदेशसभाको पहिलो बैठक सुरु भएको हो ।
पहिलो संठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका छन् ।

यो बैठकले सभामुखको निर्वाचनको मिति तोक्नुका साथै कार्यविधि पारित गर्ने छ । प्रदेश ६ मा ४० जना प्रदेश सांसद रहेका छन् ।

बैठकमा महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, शोसिला शाही र एमालेबाट यामलाल कंडेल सम्बोधन गर्नेछन् । यसैबिच प्रदेश ६ को पहिलो बैठकमा पत्रकारहरुलाई हलभित्र प्रवेश निषेध गरिएको छ ।

नेपाल टेलिभिजनलाई भने हलभित्र प्रवेश गराउने तयारी गरिएको छ । त्यसबाहेक रेडियो नेपाल र राससका पत्रकारहरुलाई समेत प्रवेशको व्यवस्था गरिएको छैन ।
हलभित्र ठाउँ अभावका कारण पत्रकारहरुलाई रिपोर्टिङको व्यवस्थापन गर्न नसकिएको भन्दै सचिवालयले प्रवेशमा रोक लगाएको हो । पत्रकारहरुका लागि हल बाहिर सुरक्षाकर्मीहरु रहेको स्थानबाट रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्