Logo

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मनायो विश्व क्यान्सर दिवस



काठमाडौ, २१ माघ । आज फेब्रुअरी ४ ( विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । आज काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईंयो ।

दिवसको अवसरमा अस्पतालमा आज एक चेतनामूलक कार्यक्रमको आयोजना गरियो । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत मेडिकल स्टाफ तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा अस्पतालका क्यान्सर बिशेषज्ञ डा. आबिस अधिकारीले बिभिन्न तथ्यहरु तथा उपचारमा भएका पछिल्ला उपलब्धिहरुबारे जानकारी गराउनुभएको थियो ।

क्यान्सर रोगविरुद्ध सचेतना जगाउन हरेक वर्ष आजकै दिन विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाउने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्