Logo

विश्व सांस्कृतिक शान्ति पदयात्रा अन्तर्गत साइकल यात्रा सम्पन्न



काठमाडौं, २१ माघ । विश्व सांस्कृतिक शान्ति पदयात्राको पहिलो चरणमा हिजो (शनिबार) काठमाडौंको स्वयंम्भूबाट नमोबुद्धसम्म साइकल यात्रा सम्पन्न भएको छ।

साइकल यात्राको ईमेज ग्रुप अफ कम्पनीजका उपाध्यक्ष रघुवीरभक्त मानन्धर, चारुमति बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सी घम्म र राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले बेलुन उडाएर शुभारम्भ गरेका थिए ।

आगामी वैशाख १ गते नयाँ वर्ष सद्भाव, शान्ति पदयात्रा र उल्लासमय रुपमा मनाउने उद्देश्यका साथ आज साईकल यात्रा गरिएको थियो । साइकल यात्रा स्वयम्भूबाट भगवानपाउ, भक्तपुरको सल्लाघारी, बनेपा, धुलिखेल, हिरण्यगिरी हुँदै नमबुद्ध पुगेको थियो ।

यात्रामा २ सय साइकलयात्री सहभागी भएको विश्व साँस्कृतिक शान्ति पदयात्रा समितिका सचिव पाल्देन लामाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्