Logo

पार्टी एकता अघि नै वामदेवले पम्फालाई केक खुवाएपछि..



काठमाडौं, २१ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्काल एकता हुने संभावना टरिरहेको बेला आज यी दुई पार्टीका नेताहरुवीच रोचक दृश्य देखिएको छ ।

प्रसँग हो, एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रकी नेतृ एवम् प्रवक्ता पम्फा भुषाललाई केक खुवाएको । तर उनले पार्टी एकताको खुशीमा भने केक खुवाएका होईनन् ।

प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा वार्षिकोत्सव मनाउने सन्दर्भमा केक काटिएकोले खुवाएका हुन् । सो प्रसँगमा उनले संसारले नेपालबाट सिक्ने खालको समाजवाद ल्याउने बताएका थिए । कार्लमाक्र्स र लेनिनले भनेजस्तो समाजवाद ल्याइने बताउँदै उनले भने, “तर माक्र्स र लेनिनले भनेको बाटोका आधारमा नभई फरक प्रक्रियावाट समाजवाद ल्याउछौँ ।”

उनले आफूले निर्माण गर्ने समाजवाद कसैले होच्याउने किसिमको समेत नहुने धारणा राखे । नेता गौतमले पार्टी एकता गर्ने जिम्मेवारी नेकपा (माओवादी केन्द्र)भन्दा एमालेको बढी भएको समेत बताए । “ठूलो पार्टीको हिसाबले पार्टी एकता गर्ने जिम्मेवारी एमालेको बढी छ”–उनले भने, “पार्टी एकता गर्दा धेरै दिनुपर्ने भए पनि एमाले तयार हुनुपर्दछ ।”

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्