Logo

स्वराजलाई भेट्न नपाएपछि बाबुराम-कमल रुष्ट भएको खुलासा



काठमाडौं, २१ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालै भएको दुई दिने नेपाल भ्रमणलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, वर्तमान उपप्रधानमन्त्री कमल थापा र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विरोध जनाउनुको रहस्य खुलेको छ ।

स्रोतका अनुसार स्वराजसँग यी तीनै जना नेताले भेट्न चाहेका थिए । तर उनीहरुलाई भेटको लागि कुनै वास्ता नगरिएकोले सामाजिक सञ्जालमा स्वराजको भ्रमणबारे आलोचना वा विरोध गरिएको सूत्रहरुले जनाएका छन् ।

नेपाल बसाईको क्रममा स्वराजले आएकै दिन एमाले र राजपाका नेताहरुसँग भेटवार्ता गरिन् । त्यही दिन साँझ एमालेले आयोेजना गरेको रात्रिकालिन भोजमा समेत उनी सरिक भएकी थिईन् । भोलिपल्ट उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिईन् ।

त्यही दिन विहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गरेकी थिईन । र स्वदेश फर्किनुअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको दिवाभोजमा सरिक भएकी थिईन् । उनले बदलिँदो नेपाली राजनीतिक परिवेश अनुसार नै नेताहरुसँग सोही महत्वका साथ भेटवार्ता गरेकी हुन् । उनको महत्वमा न बाबुराम परे, न त कमल थापा नै ।

फोटो /अंगद ढकाल/कान्तिपुर



प्रतिक्रिया दिनुहोस्