Logo

राजपाजस्तै अध्यक्ष मण्डल बनाउने ओलीको प्रस्ताव, अब प्रचण्ड के गर्छन ? (पार्टी एकता निल्नु न ओकल्नु )



काठमाडौं, २१ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज पनि पार्टी एकता र सरकार गठनबारे वान टु वान भेटवार्ता भएको छ ।

आईतबार उनीहरुवीच ललितपुरको कुनै एक घरमा गोप्य भेटवार्ता भएको स्रोतको दाबी छ । ओली र प्रचण्डवीच खासगरी सरकार गठन अगावै पार्टी एकता टुँगो लगाउनेबारे छलफल भएको थियो । ओलीले प्रचण्डसामू तत्काल अध्यक्ष दिन नसकिने धारणा राखेका थिए ।

निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलतासँगै ओली र प्रचण्डसामू अहिले ठूलो दबाब थपिएको छ । जनताले दुवै पार्टी एक हुने र समृद्धिको दिशमा मुलुकलाई अघि बढाउने एमाले र माओवादीको चुनावी नारालाई ध्यानमा राखेर मतदान गरेका हुन् ।

यो सँगै यी दुई नेताहरुवीच पछिल्ला समयमा लगातार वार्ताहरु भैरहेका छन् । प्रचण्डले कुनैपनि हालतमा आफूलाई अध्यक्ष दिनुपर्ने अडान दोहोर्याईरहेका छन् । तर, ओली भने अहिले नै अध्यक्ष दिन नसकिने अडानमा छन् । हुन त ओलीमाथि अहिले ठूलो दबाब छ । वाम गठबन्धन बनाएर चुनावमा जाँदै गर्दा उनले आफू प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष प्रचण्डलाई दिने वचनबद्धता जनाएका थिए । तर अहिले आएर उनी त्यसबाट ब्याक भएको एमाले नेताहरुले नै आरोप लगाउन थालिसकेका छन् ।

आजको भेटमा पनि ओलीले प्रचण्डलाई तत्काल अध्यक्ष दिन आफूलाई गाह«ो हुनेबारे आश्वस्त पारेका थिए । स्रोतको दाबी छ,“आज उहाँहरुवीच करिब तीन घण्टा गम्भिर वार्ता भयो, उहाँहरुवीच पार्टी एकताभन्दापनि सरकार गठनमा तत्काल जानुपर्छ भन्नेबारे छलफल भयो।”

तर प्रचण्डको चाहना सरकार गठनअघि नै पार्टी एकता गर्नेछ । ओली भने निर्णय गर्न र मुलुक हाँक्नको लागि प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै व्यक्ति भए राम्रो हुन्थ्यो भन्ने भनाई राखेका थिए ।

ओलीले अध्यक्षबाहेक अन्य विकल्पमा जान सकिने अवधारणाबारे पनि प्रचण्डसँग छलफल गरेका थिए । ओली निकट उच्च स्रोतको दाबी छ,“प्रचण्डजीलाई विकल्प दिनेबारे उहाँले सोच्नुभएको छ ।” अध्यक्षबाहेक उनले आफूसहित बरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डको अध्यक्ष मण्डल बनाउने पनि विकल्प सारेका छन् । तर प्रचण्ड उनको प्रस्तावबारे निर्णय गर्न नसकिने भन्दै पन्छिएका छन् ।



प्रतिक्रिया दिनुहोस्