Logo

पल र आँचलको घोषणा : पाँच वर्षपछि विहे अनि फिल्म निर्माण (भिडियोसहित)



माघ २२, काठमाण्डौ । पछिल्लो समय एकपछि अर्कौ सफल चलचित्र दर्शकमाझ प्रस्तुत गर्न सफल जोडी हो, पल शाह आँचल शर्मा ।
चलचित्रमा यि नायक नायिकको जोडीलाई निकै रुचाइएको छ । वास्तविक जीवनमा पनि प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

यसैबिच टेलिभिजन कार्यक्रम धमलाको हमलामा एकसाथ उपस्थित भएका शाह र शर्माले आफूहरु अहिले चलचित्रकर्मीको हिसाबले एक अर्कालाई साथीको रुपमा मात्रै हेरेको स्पष्ट पारेका छन् ।

तर आफूहरुबिच नै विवाह हुने कुरालाई नकार्न भने सकेनन् । दुवै जनाले एकअर्कासँग हुने विवाहका बारेमा असम्भव नरहेको पनि स्पष्ट पारेका छन् ।
शाह र आँचलको विवाह भए पनि नभए पनि पाँच वर्षपछि वा त्यही सेरोफेरोमा संयुक्त रुपमा चलचित्र निर्माण गरिने दुवैजनाले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्