Logo

निर्वाचित प्रतिनिधि स्वागत एवं सम्मान कार्यक्रम



विराटनगर, २२ माघ (रासस) : नेपाली काँग्रेस मोरङ शाखाले प्रदेश नं १ बाट निर्वाचित प्रदेश सभासद्, स्थानीय निकायका प्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गर्ने भएको छ ।

उक्त द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला सचिव नागेश कोइरालाले संंगठन विस्तार गर्न, प्रजातान्त्रिक विचारधारालाई जनतासमक्ष पु¥याउन र नेकाँको जनमत सिर्जना गर्ने उद्देश्यले यही माघ २३ गते स्वागत एवं सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रदेशका सभासद्हरु, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका निर्वाचित प्रमुख र उपप्रमुख गरी ११७ जना सम्मान एवं स्वागतमा सहभागी हुने भएका छन् ।

यही माघ २४ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचन सफलतापूर्वक आफ्नो पक्षमा पार्ने सम्पूर्ण तयारी पूरा भएको पनि सचिव कोइरालाले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्