Logo

पूर्वराजा ज्ञानेन्द्रले भने,‘रुखमा पात झर्ला, तर जरा उही हुन्छ’



काठमाडौं, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान् गरेका छन् । भारत उड्नअघि शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै भनेका छन्,‘रुखमा पात झर्लान, तर जरा भने उही हुन्छन्।’

उनले भने,’हामीले धेरै कुरा प्रकृतिबाट पनि सिक्न सक्छौँ, रुखबाट पात झर्लान, तर जरा भने कहिल्यै परिवर्तन हुँदैनन्’ । उनले हिँड्ने बाटो फरक भएपनि सिद्धान्तमा भने निष्ठावान भएर अडिग रहिरहनुपर्ने जिकिर गरे ।

पूर्वराजा शाहले बाटो धेरै अपनाउन सकिने भएपनि सिद्धान्त छोड्न नहुने धारणा राखे । उनले भने,‘राष्ट्रको मान्यता हुुनुपर्यो, व्यवहारिक हुनुपर्यो ।’ उनले सबैले सजिलैसँग समेट्ने खालको नीति हुनुपर्नेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्