Logo

राष्ट्रपति निवासमा खुल्यो रहस्य : प्रचण्डलाई अध्यक्ष दिने सहमति असोज १५ गते नै भएको रहेछ, ओली किन पछि हटे ?



काठमाडौं, २२ माघ । वाम गठबन्धन बनेसँगै एमाले र माओवादी केन्द्रवीच एकता हुने भनिएको थियो । तर, गठबन्धन बनाएर निर्वाचन लडेका यी दुई दलले ठूलो सफलता हाँसिल गरे । जनताले उनीहरुलाई सरकार बनाउनको लागि जिताएर पठाए ।

यो सँगै एमाले र माओवादीवीच एकता हुनेमा जनता विश्वस्त थिए । तर पदीय बाँडफाँडलाई लिएर दुवै पार्टीका नेताहरुवीच कुरा मिलेको छैन । उनीहरुवीच आन्तरिक द्धन्द्ध छताछुल्ल भएको छ।

दुई नेताहरुवीच एकले अध्यक्ष लिने र अर्कोलाई प्रधानमन्त्री दिने आन्तरिक सहमति भएको थियो । सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्ने चर्चा थियो । तर पछि एमाले नेताहरुले प्रचण्डलाई सहर्ष अध्यक्ष स्विकार गर्न नसकिने सार्वजनिक धारणा नै अभिव्यक्ति दिएपछि एकता अन्यौलमा परेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त नयाँ सरकार गठनपूर्व नै पार्टी एकता भैसक्ने दाबी गर्दै आएका थिए । तर, एमालेले पहिला सरकार गठनमा जोड दिएको छ ।

वाम गठबन्धनको घोषणा सरप्राईज रुपमा माघ १७ गते राष्ट्रिय सभागृहमा गरिएको थियो । त्यसपछि यता पार्टी एकताको विषयमा दुई दलवीच थुप्रै पटक खुल्ला तथा गोप्य बैठकहरु भएका छन् । अहिले आएर पदीय भागबण्डामा कुरा नमिलेपछि एकता प्रक्रिया नै अवरुद्ध भएको हो ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा दिएको रात्रिभोजमा पार्टी एकताबारे नयाँ रहस्य खुलासा भएको छ । स्रोतका अनुसार एमाले अध्यक्ष ओलील असोज १५ गते नै प्रचण्डसँग एकीकृत पार्टीको अध्यक्ष बन्न प्रस्ताव गरेका रहेछन् । सोही अनुसार त्यसको दुई दिनपछि वाम गठबन्धन घोषणा सम्भव भएको स्रोतको दाबी छ ।

ओलीले असेजा १५ गते नै प्रचण्डसँग यस्तो भद्र सहमति गरेको खुलासा भएपछि यसको पुष्टि गर्न खोजियो । पत्रकार ऋषि धमलासँगको कुराकानीमा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्,‘हो, उहाँहरु दुई अध्यक्षवीच भद्र सहमति भएकै थियो, उहाँहरुले यो विषय चाँडै टुँग्गो लगाउनुहुन्छ, एकता हुन्छ, यसमा कुनै दुईमत छैन्।’

हिजोको डिनर मिटिङमा प्रचण्डले असोज १५ को जेन्टलमेन अग्रिमेन्ट कोट्याएका थिए । तर ओलीले अहिले पार्टी एकताको कुरा नगरौं भन्दै सरकार गठन गर्नतिर ध्यान दिन आग्रह गरे ।

तर प्रचण्डले तपाई प्रधानमन्त्री बन्नुहोस् र आफूसँग भएको सहमति अनुसार नयाँ एकीकृत पार्टीको अध्यक्ष आफूलाई दिन आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्