Logo

तनहुँका महिला विपिको अनुशरण गर्दै, राजनीतिसँगै उद्यमशितला पनि



माघ २२, तनहुँ । महिला संघ तनहुँका सचिब सबिता उप्रेती लगनशीलतामा जुटकी छिन् ।
भानु १० चोकचिसापानी श्री शिलादेबी वचत तथा ऋण सहकारी सस्थाद्वारा संचालित जुत्ता बनाउने तालिम लिएपछि धेरै महिला उद्यमी बनेका छन् ।

महिला संघ तनहँुकी सचिब सबिता उप्रेतीसहित संगिता जोशी, रुपा पाण्डे लगायतका महिलाहरु शिपमुलक तालिमपश्चात अहिले जुत्ता बनाउन सक्ने भएका छन् । जिल्लाको भानु नगरपालिका १० चोक चिसापानीमा अवस्थित श्री शिलादेवी वचत तथा ऋण सहकारी सस्थाले जुत्ता बनाउने शिप मुलक तालिम सन्चालन गरेको थियो ।

सोही तालिमपश्चात अहिले राजनीतिक गर्दै आएका महिलाहरु जुत्ता बनाउने काममा लागेर उदाहरण बनेका हुन्  ।

तीन जनाको सक्रियतामा सुरु भएको जुत्ता बनाउने कामबाट आम्दानी पनि राम्रै भएको उनीहरु बताउँछन् । उनीहरुले बनाएको जुत्ताको मूल्य २ सय पचास रुपैयाँ निर्धारण गरिएको छ । सस्तो र राम्रो भएकाले ग्राहकहरु सन्तुष्ट भएको महिला संघ तनहँकी सचिब सबिता उप्रेतीले बताईन् ।

नेपाली कांग्रेसमा आवद्ध रहेर राजनीतिक गर्दै आएका उनीहरु वि पि कोइरालाले गरेको घरेलु उद्योगको स्थापना, संरक्षण र विकासले आफूहरु प्रेरित हुने गरेको बताउँछन् । “विपीले स्थानीयदेखि राष्ट्रियस्तरसम्म गरिने यस्ता घरेलु उद्योगले मुलुक आत्मनिर्भर हुने र विदेशी वस्तु विस्थापित भई स्वदेश मै उत्पादन बढ्न गई मुलुक समृद्धि तर्फ जाने कुरा बताउनु भएको थियो । अहिले हामीले गरेको काम उहाँकै विचारसँग मिल्छ । त्यसैले खुशी छौँ ।” उप्रेतीले भनिन् ।



प्रतिक्रिया दिनुहोस्