Logo

वाम गठबन्धन धरापमा, माघ २४ पछि प्रचण्डले डरलाग्दो निर्णय गर्ने



काठमाडौं, २२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला एउटा अर्को “बोल्ड डिसिजन” गर्ने तयारीमा रहेको खुलासा भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रवीच एकताको प्रयास भैरहेको भनेर बाहिर हवला दिएपनि प्रचण्ड भित्री रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् ।

गत असोज १७ गते वाम गठबन्धन घोषणा गरेर नेपाली राजनीतिमा तरंग पैदा गरेका ओली र प्रचण्डले आखिरीमा पार्टी एकता गरेर मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा अघि बढाउलान भनेर सर्वसाधरण जनताले अपेक्षा गरेका थिए । तर, कुरा खासमा त्यस्तो रहेन् ।

माओवादी निकट उच्च स्रोतका अनुसार एमाले अध्यक्ष ओली र प्रचण्डवीच माघ १५ गते नै पार्टी एकतापछि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली बन्नेबारे भद्र सहमति भएको थियो । तर, चुनावी नतिजा आएपछि ओली पक्षधर नेताहरुले दम्भ देखाएको र प्रचण्डलाई पेल्न खोजेको प्रचण्ड पक्षधर नेताहरुको गुनासो छ ।

“प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा आफू आशिन हुने ओलीको उत्कट चाहानाले गर्दा एकता प्रक्रिया नै अलमलमा पर्यो” स्रोतले भन्यो,“अब त प्रचण्डजी पनि नयाँ निर्णय लिने तयारीमा जुट्नुभएको छ, यसको नतिजा सायद राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आउन सक्छ।”

स्रोतका अनुसार राष्ट्रियसभाको निर्वाचनलगत्तै प्रचण्डले डरलाग्दो निर्णय गर्ने आन्तरिक तयारी गरेका छन् । केही पनि नपाउने भएपछि उनले एमालेसँग एकता गर्नुभन्दापनि एमालेबाहेकका दलहरुसँग मिलेर किन सरकार नबनाउने भन्दै आफू निकट नेताहरुसँग भन्न थालेका छन् । हेरौं, प्रचण्डले साँच्चिकै बोल्ड निर्णय गर्लान् त ? यो भने हेर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्