Logo

न्यायको मूल्य र मान्यता जगाउन प्रयासरत छु : प्रधानन्यायाधीश



काठमाडौँ, २२ माघ : प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको चरित्र हत्या गर्नका लागि विशृंखल र निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु पनि छिट्टै विस्थापित हुने बताउनुभएको छ ।

प्रा डा युवराज संग्रौलाद्वारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को आज यहाँ सार्वजनिक गर्र्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानन्यायाधीश पराजुलीले न्यायको मूल्य र मान्यता जगाउनका लागि आफूले हरदम प्रयास गरिरहेको बताउँदै कसैलाई दोष लगाउनुभन्दा पहिला दशी, प्रमाण र आधार खोज्नुपर्छ, बिना प्रमाणका आधारमा आरोप लगाउनु उपयुक्त हुदैन् भन्नुभयो ।

अधिवक्ता डा भीमार्जुन आयार्यले अहिले नेपालको न्यायायलयमाथि जुन प्रकारले आक्रमण गरिएको छ, यसले कसैलाई जितको अनुभूति नदिने धारणा राख्नुुभयो ।

काठमाडौँ स्कुल अफ ल का कार्यकारी निर्देशकसमेत रहनुभएका पूर्वमहान्यायाधिवक्ता प्रा डा संग्रौलाद्वारा प्रकाशित उक्त पुस्तक नेपालमा फौजदारी न्यायमा देखिएका समस्या र त्यसको समाधानमा केन्द्रित छ । रासस



प्रतिक्रिया दिनुहोस्