Logo

रामचन्द्र पौडेलको ज्वाँई खनालको मृत्यु



चितवन, २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाँई माधब खनालको सोमबार राती पानी सर्केर मृत्यु भएको छ।

चितवन पुलचोक निवासी खनालको सोमबार राती घरमै पानी खाने क्रममा सर्केर मृत्यु भएको हो। खनाल प्रेसर र सुगरको भने विरामी रहेका थिए।

पानी सर्केर गाह्रो भएपछि नजिकैको भरतपुर अस्पताल पुर्‍याएपनि उनलाई त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए। ४८ बर्षिय खनाल चितवनमा श्रीमती र परिवारका साथ बस्दै आएका थिए।



प्रतिक्रिया दिनुहोस्