Logo

शाही र भट्टलाई मुख्यमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय



सुर्खेत, २४ माघ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वउर्जामन्त्री महेन्द्रबहादुर शाही प्रदेश नम्वर ६ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एमाले र माओवादीबीचको सहमतिमा ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको थियो ।

माओवादी केन्द्रका नेता नरेश भण्डारी र शाहीले मुख्यमन्त्रीमा दावी गर्दै आएका थिए । तर बुधबार पार्टीबाट शाहीलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।

नेताद्वय जनार्दन शर्मा, शक्ति वस्नेत, पार्टीका प्रदेश संयोजक मायाप्रसाद आचार्य लगायतबीच भएको छलफलले शाहीलाई मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको हो । यसको औपचारिक घोषणा भने भोली बिहीबार गरिने बताइएको छ ।

नेता भण्डारीले पनि प्रदेश मुख्यमन्त्रीमा दावी गर्दै आएका थिए । जसका कारण माओवादीले तय गर्न सकेको थिएन । शाही कालिकोटबाट प्रदेशसभामा निर्वाचित भएका थिए । एमालेसँगको तालमेलमा माओवादी केन्द्रले ६ र ७ नम्वर प्रदेशको मुख्यमन्त्री पाएको छ । ७ नम्वरमा डोटीका त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने निर्णय माओवादी केन्द्रले गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्