Logo

वेभ सिरिज ‘एरेन्ज लभ’को परिकल्पना सार्वजनिक



काठमाडौं, २४ माघ । एस.एन ईन्टरनेशनल ईभेन्टस्द्धारा निर्मित वेभ सिरिज ‘एरेन्ज लभ’ को परिकल्पना सार्वजनिक गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा एस.एन ईन्टरनेशनल ईभेन्टस्ले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको छ । वेव सिरिज ‘एरेन्ज लभ’का निर्देशक तथा लेखक फराज अर्पणले २१ औँ शताब्दीमा पनि मागि विवाह प्रचलन कायम रहेको बताएका छन् ।

उनले भने,‘हाम्रो मुलुक २१ औँ शताब्दिमा हिँडिरहेको छ, धेरै परिवर्तनका आवाज र क्रान्तिहरु भएका छन्, तर हाम्रो मुलुकमा अझैसम्म पनि मागेर विवाह गर्ने चलन बाँकी छ, अभिभावकको दवाबमा परेर बिवाह गर्नु कदापी राम्रो होईन, मैले यसलाई फरक तरिकाले अभिनयमा उतार्न खोजेको छु ।’

उनले अघि थपे,‘जीवनलाई सम्झौताको कसिमा लिएर थन्काउनुको विकल्प मानिससँग हुन्छ भन्ने हाम्रो मान्यता हो, जस्तो बिवाहको कुरा शुरु भएपछि केटा र केटीले अभिभावकको दवाबमा परेर बिवाह गर्नुको साटो एकअर्कालाई नजिकबाट जान्ने र बुझ्ने नभएसम्म बिवाह नगर्नु एउटा उत्तम विकल्प हुनुसक्छ, हामीले यीनै किसिमका सन्देश प्रवाह गरेर यो कार्य गर्दैर्छौं ।’

माँगी विवाहको बन्धनमा परेका मानिसहरुले त्यसको सामना कसरी गर्न सक्छन ? भन्ने कुरालाई मिहिन रुपमा दृश्य र अभिनयको माध्यमबाट देखाउने उक्त वेव सिरिजको छायांकन केही समयमै शुरु हुने बताईएको छ । माँगी विवाहको अन्त्य र सामाजिक विचलनमा कमी ल्याउने उद्देश्यले यो सिरिजको थालनी गरिएको आयोजकले जानकारी दिएको छ ।

नयाँ वर्ष २०७५ सालको बैशाख १ गतेबाट भाग १० सम्म सार्वजनिक गर्ने आयोजकले जानकारि दिएको छ । कार्यक्रममा कलाकारहरु स्वस्ति वैद्य, सफल अग्रवाल, साहिल खान लगायतले आफ्ना कुराहरु राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्