Logo

बालमैत्री संरचना तयार गर्दा नीति निर्माणमा ध्यान दिन्छौँ : दाहाल



काठमाडौँ, २४ माघ (रासस) : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री संरचना तयार गर्दा राज्यको नीति निर्माण तहदेखि नै ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बाल सञ्चार केन्द्रको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँँले आगामी दिनमा नीति निर्माण गर्दा नै बालबालिकालाई पहिलो प्रथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीले वृद्ध र अशक्तका लागि जसरी प्राथमिकतामा राखेर सामाजिक सुरक्षाको व्यवस्था ग¥यौँ, आगामी दिनमा सम्पूर्ण बालबालिकाका लागि समुन्नत भविश्य सुनिश्चित गर्ने कार्यक्रमसहित अगाडि बढ्छौँ ।”

केन्द्रका अध्यक्ष रवीराज बसौलाले स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण गर्ने ऐन, नीति र नियमावलीमा बालबालिकाको सर्वोत्तम हितलाई आत्मसात् गर्नुपर्ने, तीनै तहका सरकारका योजनाहरु बालबालिकाको सर्वाेत्तम हितसहित उनीहरुको संरक्षण, हकहित र अर्थपूर्ण सहभागिता गर्नुपर्ने माग गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्