Logo

राष्ट्रियसभा र प्रतिनिधी सभाको समानुपातिक मत परिणाम सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीको राजिनामा : मन्त्री थापा



माघ २५, काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले अबको दिनमा नै प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै राष्ट्रियसभा र प्रतिनिधी सभाको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले राजिनामा दिने ठोकुवा गरेका हुन् ।

थापाले फागुन सात अर्थात प्रजातन्त्र दिवस मनाएर आफूहरु सरकारबाट बाहिरिने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै राजिनामा दिन लागेको उनको भनाई छ ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि सबै नतिजा आएपछि दिने भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए ।

सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएलगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको प्रधानमन्त्री सचिवालय स्रोतले पनि बताएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टी नेताहरुसँग मंगलबारदेखि नै छलफल सुरु गरेका छन्

“ओलीलाई प्रमको रुमपा स्वागत गर्न तयार छौँ । प्रक्रिया पूरा भएपछि हामी सरकारमा बसिरहँदैनाँै ।” थापाले भने ।

अबको पाँच वर्ष नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने बताउँदै थापाले आफूहरु कसैलाई प्रधानमन्त्री बननउने खेलमा नलाग्ने स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्