Logo

जर्मनीका दलहरूद्वारा “बृहत् गठबन्धन” बनाउने सम्झौता



फ्राङ्कफर्ट,  २५ माघ : जर्मनीका तीन वटा राजनीतिक दल “बृहत् गठबन्धन” बनाउने सम्झौतामा पुगेका छन् । कडा सौदाबाजी गरेर दलहरू सम्झौता गर्ने अवस्थामा पुगेका स्थानीय सञ्चार माध्यमहरूले बुधबार बिहान जनाएका छन् ।

क्रिश्चियन डेमोक्र्याट युनियन (सीडीयु), क्रिश्चियन सोसल युनियन (सीएसयू) र जर्मन सोसल डेमोक्र्याटस (एसपीडी)ले मन्त्री परिषद्मा सहभागीता स्पष्ट गरेर सम्झौता गरेका हुन् ।

जर्मन चान्सलर एन्जेला मर्केलको सीडीयुले नयाँ मन्त्रीपरिषद्मा अर्थ र रक्षा मन्त्रालय लिने भएको छ ।जर्मन समाचारपत्र विल्डका अनुसार एसपीडीले भने परराष्ट्र, वित्त र श्रम मन्त्रालय पाउने भएको छ । सीएसयुका नेता होर्सट सिहोफेर गृह मन्त्री हुने संभावना रहेको पत्रिकाले लेखेको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्