Logo

एभरेष्ट होटलका मालिक मस्कुर पक्राउ



काठमाडौँ, माघ २५ : एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई महानगरीय प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको छ ।

मस्कुरले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सलभित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागुऔषध भेटिएपछि उनी फरार थिए। मस्कुर नेपाल प्रहरीको मस्ट वान्टेड सूचीमा थिए। उनले केही दिनअघि मात्रै सर्वोच्च अदालतबाट एभरेष्ट होटेलको स्वामित्व सम्बन्धी मुद्दा जितेका थिए। एभरेष्ट होटेल २०७२ को भूकम्प पछि बन्द छ।



प्रतिक्रिया दिनुहोस्