काठमाडौं, २५ माघ । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको नेतामा इन्द्र बानियाँ चयन भएका छन् ।
बिहीबार काठमाडौंमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको उपस्थितिमा बसेको बैठकले बानियाँलाई संसदीय दलको नेता चयन गरेको छ ।