Logo

मुख्यमन्त्री नबन्दै ओलीले दिए यी चार जनालाई बधाई



काठमाडौं, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चार वटा प्रदेशका मुख्यमन्त्रीका दाबेदारहरुलाई अग्रिम बधाई एवम् सफलताको शुभकामना दिएको खुलासा भएको छ ।

ओली निवास पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्रीका दाबेदार शेरधन राईन, प्रदेश नम्बर ३ का राजेन्द्र प्रसाद पाण्डे, प्रदेश नम्बर ४ का पृथ्वीसुब्बा गुरुङ् र प्रदेश नम्बर पाँचका शंकर पोखरेललाई बधाई दिएका हुन् । स्रोतका अनुसार ओलीसँग उनीहरुले आज विहान बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

ओलीले सकेसम्म सर्वसम्मतीको प्रयास गर्नु यदि सहमति हुन नसके निर्वाचनमार्फत विजयी हुन पनि आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्