Logo

प्रचण्डले बाहिरै बसेर सहयोग गर्छु भनेपछि ओली यसरी झस्किए



काठमाडौं, २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता हुनेमा विश्वस्त हुन सकेका छैनन् । आज भएको ओलीसँगको भेटवार्तामा उनले ओलीलाई बाहिरै बसेर सहयोग गर्ने वचनबद्धता जनाएका हुन्।

ओली निवास बालकोटमा भएको वान–टु–वान भेटवार्तामा प्रचण्डले तत्काल पार्टी एकता हुने संभावना नदेखेपछि ओलीलाई बाहिरै बसेर सहयोग गर्ने बताए । स्रोतका अनुसार प्रचण्डले यस्तो प्रस्ताव गरेपछि ओली भने झस्किएका छन् ।

प्रचण्ड निकट उच्च स्रोतले भन्यो,‘तत्काल एमालेसँग एकताको सुनिश्चितता् नदेखेपछि, प्रचण्डले बाहिर बसेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो, उहाँले ओलीजीलाई प्रधानमन्त्री बन्नुहोस् म सहयोग र समर्थन गर्छु भन्नुभएको छ।’

आजको भेटसँगै ओलीले एकताबारे गम्भिर निर्णय लिने बताउँदै भोलि एकता संयोजन समितिको बैठक डाक्ने प्रचण्डसँग सहमति गरे । सोही अनुसार भोलि एकता संयोजन समितिको बैठक बस्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्