Logo

उद्योगपतिमा भाग्यमानी मोतिलाल, यसरी बने सासंद



माघ २५, काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधिसभातर्फ यसअघि बुझाएको बन्दसूचिको नाम हेरफेर गरेको छ । खर्स आर्य कोटाकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम हटाएर विजय सुब्बा र मोतिलाल दुगडको नाम समावेश गरेको हो ।

कार्की र मगरको सट्टामा आदिवासी जनजातिको एक नम्बर सूचीमा रहेका विजय सुब्बा र मधेसी कोटाको एक नम्बरमा रहेका मोतीलाल दुगडको नाम समेटिएको छ । दुगड मसला तथा होटल व्यवसायी हुन् ।

कुनै पनि दलबाट उद्योगि व्यवसायीले मौका नपाएका बेला एमालेले भने अन्तिम सममयमा आएर दुगडलाई प्रतिनिनिधी सभामा लैजान लागेको हो ।

यसअघि एमालेले दुई जना पुरुष र ३९ महिलाको नाम निर्वाचन आयोगमा पठाइसकेको थियो । राष्ट्रिय सभाको निर्वाचनपछि चार पुरुषलाई समानुपातिकबाट सांसद बनाउन सक्ने अवस्था आएपछि एमाले दुई महिलाको नाम काटेर पुरुषको नाम राखेको हो । समानुपातिकतर्फ एमालेले ४१ सिट पाउने अवस्था छ ।

यसअघि प्रतिनिधि सभाको समानुपातिक तर्फ खसआर्यको एक नम्बरको सूचीमा रहेका मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँसहित ३९ महिलाको नाम एमालेले पठाएका थियो ।

एमालेले प्रत्यक्षतर्फ ८० र राष्ट्रिय सभामा २७ सिट जितेको छ । समानुपातिकमा ४१ सिट पाएपछि एमालेको संघीय संसदमा १४८ सिट हुन्छ । राष्ट्रिय सभामा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला संवैधानिक व्यवस्था छ ।

एमालेले ५० जना महिला संसदमा पठाउनु पर्छ । जसमध्ये प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एमालेका दुईजना मात्रै महिला विजयी भएका छन् भने राष्ट्रिय सभामा ११ माहिला आएका छन् । प्रत्यक्ष र राष्ट्रिय सभा गरी १३ महिला संसद बनेका छन्। ३७ महिलालाई एमालेले समानुपातिकबाट पठाएपछि एक तिहाई पुग्छ ।



प्रतिक्रिया दिनुहोस्