Logo

प्रदेश तीनको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलबिच प्रतिस्पर्धा



२६ माघ, काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् । एमाले दलको नेता यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।

 

मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । उनले उम्मेदवारी फारम भने लगेका थिए । पाण्डेले अन्तिम समयमा आएर अष्टलक्ष्मी शाक्यलाई समर्थन गरेका छन् ।

प्रदेश नम्बर तीनका प्रभाशाली नेता पाण्डेको समर्थन पाएपछि शाक्यको जित सुनिश्चित भएको एमाले नेताहरुको दाबी छ ।

एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन् । प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका डोरमणि पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् ।

एमालेभित्रको गुटका आधारमा अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।



प्रतिक्रिया दिनुहोस्