काठमाडौं, २६ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज नबस्ने भएको छ ।
बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ताले सरकार गठन र पार्टी एकताको लागि थप गृहकार्य गर्न बैठक बस्ने निर्णय गरे पनि आजको बैठक स्थगित भएको ओलीका प्रेस संयोजन चेतन अधिकारीले जानकारी दिए ।