Logo

सरकारले गरेको निर्णयको विरोध गर्नुको कुनै औचित्य छैन : मन्त्री प्रधान



नवलपरासी, २६ माघ (रासस) :  रक्षामन्त्री एवम् नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले वर्तमान सरकारले गरेको सकारात्मक निर्णयप्रति विरोध गर्नाको कुनै औचित्य नभएको विचार व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियन नवलपरासी शाखाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री प्रधानले चुनावी सरकार भएकाले यस्लाई कामचलाउ भन्न नमिल्ने भन्दै जनताको पक्षमा भएका निर्णयको विरोध गर्नुको औचित्य नभएको जिकिर गर्नुभयो ।

उहाँले काँग्रेसको समानुपातिकमा सम्मानजनक मत आउँदा आउँदै प्रत्यक्षमा पराजय भोग्नु गम्भीर विषय भएकाले पार्टीभित्र व्यापक छलफल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्