Logo

प्रेमी र प्रेमिकाबिचमा मात्रै माया भएर हुँदैन, राष्ट्रलाई पनि प्रेम गर्नुपर्छ : डा. भोला रिजाल



डाक्टर भोला रिजाल नेपालका एक बरिष्ठ चिकित्सक हुन् । स्त्रीरोग विशेषज्ञ रिजाल ओम अस्पतालका संस्थापक हुन् । उनले नेपालमा टेष्ट ट्युवबाट बच्चा जन्माउने प्रविधि भित्र्याएका हुन् ।
बहुमुखी प्रतिभा भएका रिजाल गीत लेखन र गायनमा पनि उतिकै सकृय छन् । उनले गाएको मेरो पौवा पाटीलाई नामक गीत निकै चर्चित नेपाली गीत हो ।
एक सिद्धहस्त स्त्री रोग विशेषज्ञ, कुशल गीतकार, कुशल गायक, कुशल कथाकार र चलचित्र निर्माता । यस्ता धेरै क्षेत्रमा नाम कमाइसकेका डा. भोला रिजालसँग ऋषि धमलाले अन्र्तवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली गित संगितको पछिल्लो अवस्था कस्तो छ ?
अहिले गित संगितको अवस्था उत्साहवर्धक छ । यद्यपी सबै गित र चलचित्र उत्साहजनक छैनन् । मिश्रित प्रतिक्रिया दिनुपर्ने छ । तर समग्रमा भन्दा आगामी भविष्य पनि राम्रो देखिएको छ ।

तपाईले धेरै राम्रा गित लेख्नुभएको छ । आज एउटा गित गाउँनुस् न ।

कर्णदासले गाएको एउटा गित :

नयाँ युग तिमीलाई शुभकामना, नेपाल आमा गर्दछिन् आज बन्दना, नेपालीको एउटै चाहना, शान्ती सृजना ।

नेपालको गित संगित पछिल्लो समय राष्ट्रिय भावनाका गितको महत्व घटेको हो ?
मैले ५८ सालमा सगरमाथा रोइरहेछ र सारङ्गीको तार टुट्यो एल्बम निकालेको थिएँ । ति एल्बमहरु राष्ट्रिय गित मात्रै समावशे गरेर निकालिएका नेपालकै पहिलो एल्बम थिए । ति एल्बममा भएका गित सुनेर मान्छेहरु जिब्रो टोक्थे । अहिले पनि देशको अवस्था त्यस्तै छ । परिवर्तन आएन । नैराश्यता कायम छ । राष्ट्रियता झक्झक्याउनका लागि अझै पनि यस्ता गितको आवश्यक छ ।

प्रेम दिवस आउँदैछ । प्रेम के हो ?
प्रेम भन्ने कुरा सबैसँग हुनुपर्छ । एउटा प्रेमी र प्रेमिकाबिचमा मात्रै माया भएर हुँदैन । एउटा नागरिकले राष्ट्रलाई पनि प्रेम गर्नुपर्छ । सरकारले गर्न नसकेको काम श्वेता फाउण्डेसनले गर्यो । धुर्मुस सुन्तलीले गरेका छन् । डा. कपिल रिजाल जस्ता व्यक्तिले लण्डनबाट आएर नेपालमा सहयोग गरे । यो सबै राष्ट्रप्रेम हो । उहाँहरुलाई बधाई दिदै अरुलाई पनि यस्तै कर्म गर्न आग्रह गर्दछु ।

सरकारले राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई मानार्थ सहायक रथीको सम्मान गरेको छ । यसलाई कसरी लिनुहुन्छ ?
मेरो तर्फबाट उहाँलाई शुभकामना छ । नेपाल सरकारलाई धन्यवाद छ । तर घिमिरेलाई यस्ता मानार्थ सम्मान चाहिँदैन । उहाँ आफैँ सिङ्गो नेपाल हो ।

सरकारले राष्ट्रियसभामा तीन जनालाई मनोनित गर्नुपर्छ । कस्ता व्यक्तिलाई मनोनित गरियोस् भन्ने लाग्छ ?
विभिन्न विधाबाट समावेश गर्नुपर्छ । चिकित्सा वा चलचित्र क्षेत्रबाट राष्ट्रियसभामा जान धेरै व्यक्तिहरु तयार छन् । हामीले आफ्नो क्षेत्रबाट जति योगदान दियौँ, अब राष्ट्रियसभामा गएर विगतकोभन्दा बढि योगदान दिन सक्छौँ । तर हामीहरुले भनेर हुँदैन । जसले सोच्नुपर्ने हो, उहाँहरुले सोच्नुहुन्न । तपाईले यस विषयमा कुरा उठाउनुभएकोमा धन्यवाद दिन चाहन्छु ।

जाँदाजाँदै एउटा गित गाइदिनुस् ।
मेरो पौवा पाटीलाई मेरो गाउँले साथीलाई
वर पिपलको जोडीलाई
भनिदेउ फर्कदैछु गाँउमा
यो २०२९ सालमा लेखेको गित हो ।



प्रतिक्रिया दिनुहोस्