Logo

सिँचाई सचिव यादवको शव भटियो, २ जनाको अवस्था अझै अज्ञात



२७ माघ, काठमाडौं । त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीको टोलीले सचिव यादवको शव भेटेको हो ।
अझै बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूको अहिले खोजी कार्य भइरहेको छ ।

शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो । दुर्घटनामा परी बेपत्ता सचिव यादवका छोरा सन्तोष र उनको साथीको छोरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्