सुर्खेत, २७ माघ (रासस) : प्रदेश नं ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’ शुरु भएको छ ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सवको उद्घाटन गर्दै दैलेखको पञ्चकोशी, मुगुको रारा र हुम्लाको मानसरोवर जोड्ने कर्णाली करिडोरको विकास गर्नुपर्ने औँल्याउँदै विकासका लागि सरकार तथा निजी क्षेत्रलाई सहकार्य गरेर अघि बढ्न अनुरोध गर्नुभयो ।
महोत्सवमा ४०९ कक्ष रहेको मूल समारोह समितिका संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ ६ नं प्रदेश समितिका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो । महोत्सव आगामी फागुन ८ गतेसम्म चल्नेछ ।