Logo

अब स्वदेशी वस्तुहरु एक्सपोर्ट गरेर ‘प्याराडिग्म सिफ्ट’ गर्नुपर्छ : श्रेष्ठ



काठमाडौं, २७ माघ । पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले मुलुकको अर्थतन्त्र दलाल पूँजीपतिको हातमा भएकोले अब राष्ट्रिय पुँजीपतिलाई परिचालन गर्नेगरि केन्द्रित हुनुपर्नेमा जोड दिए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संघीयता कार्यान्वयनमा अबको अवसर र चूनौति’ नामक विशेष साक्षात्कारमा बोल्दै उनले ठूला ठूला मेगा प्राजेक्टमा मात्रै विदेशीहरुको सहयोग लिने र बाहिर जाने स्रोतलाई देशभित्रै उपयोग गर्नुपर्ने बताए ।

श्रेष्ठले दलाल पुँजीपतिहरु हाबी हुँदा राष्ट्रिय पुँजीपतिहरु कमजोर भएको गुनासो पोखे । उनले भने,‘अब गाउँपालिका र नगरपालिकावीच प्रतिष्पर्धा गराउनुपर्छ, आगामी दश वर्षभित्र हामी आफ्नो देशमा उत्पादन गरेका वस्तुहरु निर्यात गर्न सक्नुपर्छ, आर्थिक कुटनीतिको कुरा गर्ने हो भने, ईन्भेष्टमेन्टकै कुरा गर्ने हो भने हाम्रो र–मटरियल्स, हाम्रै श्रम हुनुपर्छ, यदि चाहिएको खण्डमा विदेशी पुँजी र प्रविधि ल्याउनुपर्छ, यसो गर्न सकियो भने ती उत्पादनहरु बाहिर एक्सपर्ट गर्न सकिन्छ र सक्नुपर्छ।’

उनले नेपालले स्वदेशी उत्पादनमा वृद्धि गरेर दक्षिण र उत्तरतर्फ सामान निर्यात गर्दा व्यापार घाटा समेत कम गर्न सकिने सुझाए । श्रेष्ठले अब नेपालले प्याडिग्म सिफ्ट गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हिजो ईम्पोर्ट गरिदिन्थ्यो भने अब नेपालबाट ईक्सपोर्ट गराएर पाराडिग्म सिफ्ट गर्नुपर्छ, बरु ईम्पोर्ट सब्टिच्यूसन गर्नुपर्छ।’ आर्थिक रुपमा आफ्नो खुट्टामा उभिने अर्थतन्त्र सबै प्रान्तको हुनुपर्ने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्