Logo

शिवरात्री नजिकिएसँगै पशुपतिमा बाबा साधुको चहलपहल, तयारी भने सुस्त (भिडियोसहित)



माघ २७, काठमाण्डौ । हिन्दु धर्मावलम्बीको महान् चाड महाशिवरात्री नजिकीएको छ । शिवरात्री आउन तीन दिन मात्र बाँकी रहँदा पाशुपत क्षेत्रमा नेपाल तथा भारतबाट आएका बाबाहरुको चहलपहल बढ्न थालेको छ । तर पाशुपत क्षेत्र पुग्दा शिवरात्री नजिएको आभाष हुनेगरी कुनै तयारी भएको भने देखिएन ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्री पर्व मनाइन्छ । यस दिन आरध्यदेव पशुपतिनाथको पूजाआराधना गर्न नेपालका विभिन्न स्थान देखि छिमेकी मुलुक भारतलगायतका देशबाट पनि दर्शनार्थी पशुपतिनाथ मन्दिर आइपुग्छन् । तर, यस वर्ष महाशिवरात्री पर्वका लागि पशुपति क्षेत्र विकास कोषले खासै चासो नदेखाएको स्थानीयको भनाइ छ ।

शिवरात्रि आउनै लाग्दा पाशुपत क्षेत्रको सजावटको काम अझै सुरु हुनसकेको छैन । विगतका बर्षहरुमा पशुपत क्षेत्रको सरसफाइ रंङ्रोगन तथा सजावट गरि बेहुली झंै सिङ्गारिने गरिए पनि यो बर्ष केही नगरिएको स्थानीयको भनाइ छ ।

यस वर्ष फागुन १ गते महाशिवरात्री पर्व परेको छ । मेलाका लागि भारतबाटसमेत साधुहरु आउनेक्रम सुरु भइसकेको छ । तर पाशुपत क्षेत्रमा सजावट र आवश्यक बत्तिकोसमेत व्यवस्था नुहुँदा दर्शनार्थीलाई असहज हुनसक्नेतर्फ सचेत हुन जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्