Logo

एमाले स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा



माघ २८, काठमाण्डौ । नेकपा एमालेले आज स्थायी समिति बैठक बोलाएको छ । नयाँ सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको एमालेको स्थायी समिति बैठकको छलफल पनि नयाँ सरकारमै केन्द्रित हुने बताइएको छ ।

यसअघि हिजो बैठक बस्ने तयारी भए पनि अन्तिम समयमा बैठक स्थगित भएको थियो ।

माओवादीसँग मिलेर सरकार बनाउन लागेको एमालेले मन्त्रालयको भागबण्डाका विषयमा छलफल गर्न लागेको हो । त्यसैगरी आफ्नो दलबाट कसकसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

माओवादीसँग पार्टी एकता गर्न लागेको अवस्थामा त्यस विषयमा पनि छलफल गर्ने छ । नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने दाबी गर्दै आएको एमालेलाईव एकताको विषयमा दबाब बढिरहेको छ ।

एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष दिन नमानेका कारण एकता हुन नसकेको आरोप कतिपयले लगाएका छन् ।
आजको बैठकमा प्रतिनिधिसभातर्फ समानुपातिकमा कसकसलाई पठाउने भन्ने अन्तिम नामावली टुङ्गो लगाउने विषयमा पनि छलफल गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्