Logo

समाजवादी शिक्षा नीति निमार्ण गर्न अखिल नेपाल शिक्षक संगठनको माग



काठमाडौं, २८ माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले समाजवाद उन्मुख शिक्षा नीति निमार्ण गर्न सकारसँग माग गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा संगठनले पत्रकार सम्मेलन गरेर समावाद उम्नुख शिक्षा नीति निमार्ण गर्न आग्रह गरेका हो ।

यहि माघ २७ गते एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम सम्मेलनबाट दुर्गासिंह तामाङको नेतृत्वमा ६९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
‘समाजवादी शिक्षा नीति, समाजवादी क्रान्तिको आधार, ट्रेड यूनियन अधिकार। वामपन्थि शिक्षक एकता, शैक्षिक विकास प्रथम प्रदेश सम्मेलनको मुल कार्यभार’
भन्ने मूलनाराकासाथ सम्पन्न भएको प्रथम सम्मेलनले राज्यको पुनःसंरचनाको आधारमा नेपाली विशिष्टता सहितको समाजवादी शिक्षा नीति निमार्ण गर्ने, प्रदेशको शैक्षिक नीति निमार्णमा एकीकृत अखिल नेपाल शिक्षक संगठनलगायतका शैक्षिक संगठनहरुलाई सहभागि गराउनु पर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका छोराछोरीहरु सामुदायिक विद्यालयमै पढाउनु पर्ने नीति अवलम्बन गर्न लगायतका भावि कार्ययोजना अघि सारेको छ ।

संठगनका अध्यक्ष दुर्गासिंह तामाङ लामाले शिक्षकहरुलाई निजामति कर्मचारी सो–सरह सेवा सुविधा प्रदान गर्नुपर्ने माग गरेका छन् । उनले भने,‘हाम्रो मुलुकमा १७ प्रकारका शिक्षकहरु छन्, उनीहरुका मागहरुलाई सम्बोधन गर्नको लागि सरकार कहिल्यै गम्भिर भएन, मुलुकको भविष्य प्रत्यक्ष रुपमा शिक्षासँग जोडिएको भएपनि सरकारले शिक्षकहरुलाई वास्ता नगर्नु दुःखद हो ।’

उनले अघि थपे,‘हामीले निमार्ण गरेको जगबाट समाजवादी शिक्षा नीतिको परिकल्पनाको थालनि भएको छ, अब हामी यस कार्यमा निरन्तर लाग्नेछाँै ।’
नयाँ नेतृत्वको पहिलो काम के हो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष लामाले भने,‘हाम्रो पहिलो काम मुलुकको संरचना अनुसार र संविधानमा उल्लेखित समाजवाद अनुसार समावादी शिक्षा नीतिको निमार्ण गर्न सरकारलाई बाध्य बनाउनु हो, हामी यसैमा केन्द्रीत हुनेछाँै ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot