Logo

कांग्रेसका भाग्यमानी ६ उद्योगपतिहरु, जसले तय गरे संसदको यात्रा



काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदको सूची तयार पारेको छ ।

निर्वाचन आयोगले माग गरेबमोजिम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार कांग्रेसले बन्दीसूचीबाट समावेशी समूहसमेत मिलाएर सूची तयार पारिसकेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीले पाएको ४० सिटका लागि नाम छनोट गरिसकेको छ । छनोट गरिएको नामावली भोलि सोमबार आयोगसमक्ष बुझाउने तयारी गरेको छ ।

यो पटक कांग्रेसको समानुपातिक कोटामा प्रसिद्ध उद्योगपतिहरु परेका छन् । देशकै एकमात्रै खर्बपति विनोद चौधरीदेखि युवा व्यवसायी कर्मा घलेसम्म कांग्रेसको कोटाबाट सांसद बन्दैछन् ।

यी हुन कांग्रेसका भाग्यमानी ६ उद्योगपतिहरु :

विनोद चौधरी, कर्मा घले, उमेश श्रेष्ठ, दिव्यमणि राजभण्डारी, देवी भट्टचन र सुर्य बहादुर केसी रहेका छन् । यी मध्ये घले, राजभण्डारी, भट्टचन र केसीले पहिलो पटक संसदको यात्रा तय गरेका छन् ।

राजभण्डारीले कांग्रेसलाई विगतदेखि नै आर्थिक सहयोग पुर्याउँदै आएका छन् भने युवा व्यवसायी घले मनाङका स्थायीवासी हुन् । उनी ब्रेवरी ईण्डिष्ट्रजका हस्ती हुन् । त्यस्तै केसी पनि पोखराका पूराना समाजसेवी हुन् । उनी देशकै प्रतिष्ठित बैंकर समेत हुन् ।



प्रतिक्रिया दिनुहोस्