Logo

राष्ट्रिय पोषाक र संविधान संशोधनको विषयलाई लिएर दुई लालबाबुबिच घम्साघम्सी (भिडियोसहित)



माघ २९, काठमाण्डौ । संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत प्रदेश नम्बर २ को मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ । राउतले प्रदेश दुईको भौतिक विकासलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

राउतले संविधान संशोधन गरेर मधेशी जनताको अधिकार पूर्ण बनाउनुपर्ने मुद्दालाई पनि आफूहरुले प्राथमिकतामा राखेको बताएका छन् ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले भने अहिले मधेशी दलले उठाएका माग पूरा गर्नका लागि संविधान संशोधन गर्न नसकिने जिकिर गरे ।

दौरा सुरुवाललाई राष्ट्रिय पोषाक बनाउन नसकिने राउतले बताएपछि पण्डितले त्यसको कडा खण्डन गरे ।

हिन्दी भाषालाई कामकाजी भाषा बनाउनुपर्ने राउतको भनाई छ । तर पण्डितले भने हिन्दी भाषालाई प्राथमिकता दिन नहुने बताए । यही विषयमा दुई लालबाबुबिच विवाद भएको छ ।



प्रतिक्रिया दिनुहोस्