Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुनमा नेपाल आउने, गृहकार्य सुरु



माघ २९, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन महिनाभित्रमा नेपाल आउने भएका छन् । स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल आउने तयारीमा छन् ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएलगत्तै मोदी नेपाल आउने तय भएको थियो ।
अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यासका लागि मोदी नेपाल आउने निश्चित भए पनि समय तोकिएको थिएन । त्यसैका लागि यही फागुनमा आउन लागेका हुन् ।

नेपाल आएका बेला मुक्तिनाथ, लुम्बिनी र जनकपुरको पनि भ्रमण गर्ने बताइएको छ ।
मोदीको नेपाल भ्रमणका लागि कार्यक्रम र योजना बनाउन नेपाल र भारत दुवै पक्षले सुरु गरिसकेको बताइएको छ ।

विगतमा ओली र भारतबिचको सम्बन्ध चिसिएको चर्चा भए पनि त्यसलाई चिर्नका लागि मोदी र ओली अहिले सक्रिय भएका हुन् ।
नेपालसँगको सम्बन्ध सुधार र आर्थिक विकासका लागि मोदी चिन्तित भएको कतिपयको टर्क छ ।

केही दिन अघि नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताएका थिए ।

स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्