Logo

समानुपातिक सांसदको सूचि तयार पार्न कांग्रेस, माओवादी, फोरम र राजपाको कसरत जारी



माघ २९, काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउन अन्तिम कसरत गरिरहेका छन् ।
सूचि बुझाउने आज अन्तिम दिन भएकाले दलहरु नाम टुङ्गो लगाउन छलफलमा जुटेका हुन् ।
कांग्रेस र माओवादीसहित मधेसकेन्द्रित दलहरु संघीय समाजवादी फोरम र राजपा पनि निर्वाचन आयोगमा सूची बुझाउनका लागि गृहकार्यमा जुटेका छन् ।

नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । नेकपा एमालेले भने आइतबारै सूची बुझाइसकेको छ ।

सांसदहरुको नामावली बुझाउन बाँकी दलहरु सोमबार बिहानैदेखि गृहकार्यमा व्यस्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्