Logo

तथ्याङ्कशास्त्रलाई माविदेखि नै छुट्टै विषयको रुपमा राख्न माग



माघ २९, काठमाण्डौ । पाठ्यक्रम विकाश केन्द्र ले नया पाठ्यक्रम निर्माण गर्न लागेको सन्दर्भमा तथ्याङ्कशास्त्र विषय लाई छुट्टै विषयको रुपमा ११ कक्षादेखि नै सामेल गराउन माग गरिएको छ ।

statistical  student association of  nepal -SSAN ले केन्द्रका निर्देशक कृष्ण काप्रीसँग यस्तो माग गरेको हो । SSAN का अध्यक्ष्य हरि बहादुर घतानी लगायत तथ्याङ्कशास्त्र आध्यन गर्ने १० भन्दा बढी विधार्थीहरुले निर्देशक काप्रिको कार्यक्षमै पुगेर यस्तो माग गरेका हुन् ।

जवाफमा काप्रीले आफु मागप्रति सकारात्मक भएको र ऐच्छिक विषयको रुपमा राख्न सकिने आश्वासन दिएका छन् ।
काप्रीले तथ्याङ्कशास्त्रलाई माविदेखि नै छुट्टै विषयको रुपमा राख्ने विषयमा बोर्ड बैठकमा छलफल गर्ने बताए ।

त्यस्तै उनले विद्यार्थीहरु तत्काल व्यवहारिक हुने र लागु गर्ने खालको तथ्याङ्कशास्त्र बिषय फ्रेम(मोडल ) आफुहरुलाई उपलब्ध गराउन सुझाब दिएका छन् । त्यस्तै रास्ट्रिय परिक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलसँग पनि उनकै कार्यकक्षमै यस बिषयमा छलफल भएको र उनी पनि सकारात्मक रहेको त्रिवि नेवि संघ सचिव सन्तोष चापागाईले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot