Logo

सन्दिप एक्लैले पाँच विकेट लिएपछि नेपाललाई केन्याले दियो १ सय ७८ रनको लक्ष्य



माघ २९, काठमाण्डौ । विश्व क्रिकेट डिभिजन टू अन्तर्गत आफ्नो चौथो खेलमा नेपाललाई केन्याले १ सय ७८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको केन्याले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर एक सय ७७ रन बनाएको हो ।

केन्यालाई समान्य रनमा रोक्न नेपालका लेग स्पिनर सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । अन्य बलरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा केन्याले सम्मानजनक योगफल तयार गर्न सफल भएको हो ।

सन्दीपले ओपनर एकेक्स ओबान्डा, धिरेन गोन्डरिया, कप्तान राकेप पटेल, रुसान पटेल र ओडियाम्बोको विकेट लिएका हुन् ।
सोमपाल कामी, वसन्त रेग्मी र शरद भेषवाकरले एकएक विकेट लिएका हुन् ।

केन्याका करिमले सर्वाधिक ४२ रन बनाए । त्यसैगरी ओबान्डाले ४१, ओबुयाले २७ र ओडियाम्बोले २४ रनको योगदान दिए ।



प्रतिक्रिया दिनुहोस्