Logo

भोजपुरको दुई स्थानमा अज्ञात समुहद्धारा आगजनी



सरिता राई, भोजपुर, १ फागुन ।भोजपुरको छुट्टाछुट्टै दुई स्थानमा अज्ञात समुहद्धारा आगजानी भएको छ ।

भोजपुरको पुर्वी अरुण गाउँपालिका स्थित लेगुवा फेदीमा रहेको क्रसर उद्योग र पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा रहेको स्काइभेटरमा आगजानी भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

अज्ञात समुहद्धारा दुवै स्थानमा गएराती आगजानी गरिएको प्रहरी निरीक्षक चरित्रविक्रम थापाले जानकारी दिनुभयो । आगजानीबाट क्रसर उद्योगमा रहेको भिम पौडेलको स्काइभेटर जलेर नष्ट भएको छ ।

आगो लागेको खवर पाउना साथ इलाका प्रहरी कार्यालय जरायोटार घटना स्थलमा पुगेको थियो । घटना स्थलमा पुग्दा आगो लागेको स्थान र वरपर कोही नभेटिएको इलाका प्रहरी कार्यालय जरायोटारले जनाएको छ । घटना कस्ले र किन गर्यो भन्ने विषयमा खुल्न नसकेको र यसको विषयमा खोज अनुसन्धान भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot